सुचना, समाचार र मनोरन्जन

विश्वासको मत लिँदा नाराबाजी भएपछि कांग्रेससँग रिसाए प्रधानमन्त्री

काठमाडौँ /

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससाग आक्रोशित बनेका छन् । प्रचण्डले विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसले गरेको अवरोधको मूल्य कांग्रेसले चुकाउनुपर्ने चेतावनी दिए ।

सोमवार विश्वासको मत मागिसकेपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले कांग्र्रेसले आफूले विश्वासको मत लिँदा बिरोध गरेर गल्ती गरेको बताए । उनले विगतमा आफूले कांग्रेसलाई पटक पटक साथ दिएको तर काँग्रेसले आज आफूबिरुद्ध देखाएको व्यवहारको मूल्य चुकाउनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले काँग्रेसको आजको संसदको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा स्थपित हुने बताए ।

Leave A Reply

Your email address will not be published.