सुचना, समाचार र मनोरन्जन

संसदको मूल्य मान्यतालाई सरकारले तिलाञ्जली दियो: डा महत

काठमाडौं /

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदको मूल्य मान्यतालाई सरकारमा बस्नेहरुले तिलाञ्जली दिएको टिप्पणी गरेका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले बिपक्षी दललाई बेवास्ता गरेर सदनको कामकारवाहीलाई अघि बढाएको र संसदको मूल्य मान्यतालाई सरकारमा बस्नेहरुले तिलाञ्जली दिएको टिप्पणी गरेका हुन्।

यो लोकतन्त्र र संविधानका लागि राम्रो संकेत नभएको उनले बताए। सहकारी प्रकरणमा कांग्रेसले राखेको माग पूरा गर्न सरकार तयार नभएको उनको भनाइ छ। उनले पद र हैसियत भन्दा तल झरेर गृहमन्त्रीले संसदमा अभिव्यक्ति दिएको धारणा राखे।

प्रवक्ता महतले प्रतिपक्षीको विरोधकाबीच संसदमा विश्वासको मत लिने काम संसदको इतिहासमा नै अनौठो नजिर स्थापीत भएको बताए। उनले संविधानको खिलापमा गठबन्धनका दलहरु लागेको आरोप लगाए।

Leave A Reply

Your email address will not be published.