सुचना, समाचार र मनोरन्जन

कामीरिताको नयाँ कीर्तिमान, ३० औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौँ /

कीर्तिमानी हिमाल आरोही तथा पर्वतारोही गाइड कामीरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका छन् । उनी ११ दिनको अन्तरालमै दुई पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

गत वैशाख ३० गते आइतबार कामीरिताले २९ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका थिए । उनी बुधबार बिहान ७ः४९ बजे फेरि सर्वोच्च शिखर पुगेको आधार शिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमले जानकारी दिए ।

फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उनले विदेशी आरोही लिएर आज चुचुरोमा पुगेको सो कम्पनीले जनाएको छ ।

सोलुखुम्बु थामेका ५४ बर्सिया कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोहीको परिचय बनाएका कामीरिताले पछिल्लो समय आफ्नै रेकर्ड तोड्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.