सुचना, समाचार र मनोरन्जन

गण्डकी ‘श्रमाधान रोजगार मेला’: जेठ २१ र २२ गते पोखरामा हुने

‘श्रमाधान रोजगार मेला’ रोजगारीको खोजी गरिरहेका दक्ष जनशक्तिका लागि जागिर पाउने उपयुक्त थलो बन्न सक्ने आयोजकले जनाएको छ ।

पोखरा /

गण्डकी प्रदेश ‘श्रमाधान रोजगार मेला’ जेठ २१ र २२ गते पोखरामा हुने भएको छ। सातै प्रदेशमा आयोजना हुने ‘मेला’ पोखरा इभेन्ट सेन्टरमा हुने छ ।

‘श्रमाधान रोजगार मेला’ रोजगारीको खोजी गरिरहेका दक्ष जनशक्तिका लागि जागिर पाउने उपयुक्त थलो बन्न सक्ने आयोजकले जनाएको छ ।

यस्तै कोशी प्रदेशको विराटनगरमा आजबाट श्रमाधान रोजगार मेला शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विराटनगरबाट ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ गरेका छन् ।

कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीबार र शुक्रबार मेला सञ्चालन हुने छ । मोरङको विराटनगरस्थित सिटी प्यालेस होटल एन्ड रिसोर्टमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे।

Leave A Reply

Your email address will not be published.