सुचना, समाचार र मनोरन्जन

एमाले पोखरा महानगर अधिवेशनको तयारी पूरा

पोखरा /

नेकपा {एमाले} पोखरा पोखरा महानगरपालिका कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ । राज्य पुन संरचनासँगै नेकपा ९एमाले०ले ७५३ स्थानीय तहमा नै पालिका कमिटी गठन गरेको थियो।

नेकपा {एमाले} पोखरा महानगरपालीका कमिटीको दोस्रो अधिवेशनका लागि वडा, जनवर्गीय संगठनबाट आउने प्रतिनिधि चयन सम्पन्न भइसकेको छ ।

११६ सदस्यीय आयोजक कमीटी, ४८ सदस्यीय सल्लाहकार समिति, वडा कमीटी २९६ ,जनवर्गीय संघठनबाट ३७ गरीसमेत गरी कुल ४९७ जना प्रतिनिधि रहनेछन् ।

जेठ १९ र २० गते पोखरा सभागृहमा चल्ने अधिवेशनको उदघाटन नेकपा {एमाले}का केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने कार्यक्रम तय भएको छ । त्यसपश्चात बन्द सत्रका कार्यक्रमसमेत पोखरा सभागृहमा सञ्चालन हुने छन् ।

कमिटीले दोस्रो अधिवेशनको लोगो सार्वजनिक गरेको छ । पोखरा झल्किने लोगोमा नेकपा {एमाले}को पार्टीको झण्डा, चुनाव चिन्ह, माछापुच्छ«े हिमालको दृश्य समावेश गरीएको छ ।

नेकपा {एमाले} पोखरा महानगर अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष र सचिव १-१ जना, उपसचिव २ जनासहित १०१ जना छनोट हुने नेकपा {एमाले} पोखरा महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले जानकारी गराएका थिए ।

Leave A Reply

Your email address will not be published.