सुचना, समाचार र मनोरन्जन

बालबालिकालाई खुवाउनुहोस् यी ५ खानेकुरा, दिमाग तेज, शरीर स्वस्थ हुन्छ

पोखरा /

यदि तपाईं आफ्नो बच्चालाई आइन्स्टाइन जस्तै स्मार्ट बनाउन चाहनुहुन्छ भने, आफ्नो बच्चालाई दैनिक दूध खुवाउनुहोस्।

किनभने दूधमा क्याल्सियम, भिटामिन डी र प्रोटिन प्रचुर मात्रामा पाइन्छ । जसले बच्चाको दिमाग तेजिलो बनाउन महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले बच्चालाई हरेक बिहान र बेलुका दूध पिउन दिनुहोस्।

यस्तै बच्चाको दिमाज तेज बनाउन र शरिर स्वस्थ्य बनाउनका लागि भिटामिन डी र प्रोटिनले भरपूर अण्डा दिनुहोस्। अण्डा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । त्यसैले बालबालिकालाई दैनिक अण्डा खुवाउनुपर्छ । किनकी अण्डा मस्तिष्कलाई स्वस्थ र तेजिलो राख्नमा प्रभावकारी हुन्छ । यसलाई उमालेर, भुटेर वा तरकारी बनाएर सेवन गर्न सकिन्छ ।

काजूको सेवन हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । किनभने यसमा प्रचुर मात्रामा प्रोटिन, भिटामिन र मिनरल्स पाइन्छ । बिहानको खाजामा बालबालिकालाई ड्राई फ्रुट्स अर्थात काजू खुवाउनुहोस्। जसले गर्दा उनीहरुको दिमाग स्वस्थ रहन्छ ।

हरियो सागसब्जी मध्ये सिमी हाम्रो स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । बालबालिकालाई सिमी, तरकारी र सलाद अवश्य खुवाउनुपर्छ । जसले गर्दा शरीरका साथसाथै दिमाग पनि स्वस्थ रहन्छ ।

भिटामिन, प्रोटिन, ओमेगा थ्री र फ्याटी एसिडले भरपूर माछा हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले हाम्रो शरीरका साथै मस्तिष्क पनि स्वस्थ रहन्छ । बच्चाहरूले यसको सेवन गर्नुपर्छ। जसले गर्दा उनीहरुको दिमाग तेजिलो हुन्छ र उनीहरुको शरीर फिट रहन्छ ।

Leave A Reply

Your email address will not be published.