सुचना, समाचार र मनोरन्जन

सन्दीप समावेश भएसँगै टिम बलियो भएको छ: कप्तान पौडेल

काठमाडौं /

आईसीसी टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट फाइनलको खेल सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ। टियु र मुलपानी क्रिकेट मैदानमा हुने छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुन लागेको हो।

नेपाल रहेको समूह ’ए’ मा सिंगापुर, ओमान र मलेसिया छन्। समूह ’बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन्। छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ।

Chaka Panja

खेल अघि नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक र कप्तानले विश्वकप एसिया क्षेत्र छनोट नेपालका लागि अवसर भएको र आफूहरु उत्साहित रहेको बताएका छन्।

खेलअघि आइतबार टियु मैदान कीर्तिपुरमा आयोजित प्रि-म्याच कन्फ्रेन्समा प्रशिक्षक मोन्टी देसाईले नेपालले केहि समयदेखि लगातार खेल खेलिरहेको र कमीकमजोरीहरु सुधार गर्दै अघि बढेको बताए। उनले प्रत्येक खेलमा छुट्टाछुट्टै रणनीतिका साथ अघि बढ्ने जानकारी दिए।

त्यस्तै कप्तान रोहित पौडेलले यसअघिको खेलमा देखिएका कमी कमजोरीलाई अवको खेलमा दोहरिन नदिने बताए। उनले सन्दीप लामिछाने समावेश भएसँगै टिम व्यालेन्स र बलियो भएको बताए।

नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ। यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्न पाउने छन्।

Leave A Reply

Your email address will not be published.