सुचना, समाचार र मनोरन्जन

सुनको मूल्य आज पनि स्थिर, कतिमा हुँदैछ कारोबार

पोखरा /

नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भयेको हो।

यस अघि सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य घटेको छ।

आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave A Reply

Your email address will not be published.