सुचना, समाचार र मनोरन्जन
Sarangi

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ/

सोमबार एकैपटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ । दुई वटै समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

पूर्वाधार विकास समितिको बैठकमा दसैँ, तिहार तथा छठ लगायतका पर्वहरूमा देशभर ठुलो सङ्ख्यामा यात्रुहरूको आवतजावत हुने हुँदा सडक पूर्वाधारको अवस्था र यात्रुहरूलाई सहज रूपमा यातायातको प्रबन्ध गर्न दिएको निर्देशन र सो सम्बन्धमा मन्त्रालयले गरेको कामको समीक्षा हुनेछ।

त्यस्तै ललितपुर ग्वार्कोस्थित फ्लाई ओभर, कालिमाटीस्थित विष्णुमती खोलामा निर्माण सम्पन्न भई सञ्चालनमा नरहेको पुल र चक्रपथ बिस्तार आयोजना अन्तर्गतको कलङ्कीदेखि वसुन्धरा क्षेत्रको स्थलगत निरीक्षणका बारेमा छलफल हुनेछ । यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल हुनेछ ।

Leave A Reply

Your email address will not be published.