काठमाडौं /
टी–२० विश्वकप फाइनल एसियामा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।
बलिङमा नेपालका अभिनास बोहराले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा ४३ रन खर्चिए। गुल्सन झा, करण केसी र सन्दीप लामिछानले २-२ विकेट लिन सफल भए।
छनोटमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन्।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा जित हात पारे आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान पक्का हुनेछ।