सुचना, समाचार र मनोरन्जन
Sarangi

काठमाडौँ ट्रिप एडवाइजरको बेष्ट नेचर डेस्टिनेसनको शीर्ष स्थानमा

काठमाडौँ/

अमेरिकी अनलाइन ट्राभल एजेन्सी ट्रिपएडवाइजरले काठमाडौँलाई यस वर्षको बेष्ट नेचर डेस्टिनेसनको रूपमा सूचीकृत गरेको छ ।

सूचीको शीर्ष स्थानमा नेपालको राजधानी काठमाडौँ रहेको छ । आफ्नो साइटमा ट्रिपएडवाइजरले काठमाडौँलाई चारैतिर पहाडले घेरेको, ऐतिहासिक स्थल र प्राचीन मठ–मन्दिर भएको सहरका रूपमा वर्णन गरेको छ ।

यो सूचीको दोस्रो स्थानमा भियतनामको हालोङ बे छ । इजिप्टको हुर्घदा तेस्रो र मरिसस चौथो स्थानमा छन् । त्यस्तैगरी इन्डोनेशियाको लोम्बोक पाँचौँ वेस्ट नेचर डेस्टिनेसन रहेको छ । अमेरिकाको काउआई छैठो स्थानमा छ ।

जन्जिबार टापु सातौँ स्थानमा छ भने ग्र्यान्ड केम्यान आठौँ स्थानमा छ । गुआडेलउपे सूचीको नवौँ स्थानमा र दक्षिण अफ्रिकाको क्रुगर नेसनल पार्क १० औँ स्थानमा छ

Leave A Reply

Your email address will not be published.