सुचना, समाचार र मनोरन्जन

‘एक्टर’ फिल्मको सुटिङ सेटमा राखियो ‘भ्यानेटी भ्यान’

काठमाडौं :

प्रदीप खड्का अभिनित फिल्म ‘एक्टर’को धमाधम छायांकन भइरहेको छ। फिल्ममा मुख्य कलाकार प्रदीप खड्का,दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा काम गरिरहेका छन्। दिव्याले यही फिल्मबाट डेब्यु गरेकी हुन्। उनको परिचय दिने हो भने नेपालका सफल अभिनेता दिलिप रायमाझीकी छोरी समेत हुन्।

पोखरामा १० दिन छायांकन सकाएर यतिबेला काठमाडौं भित्रिएका छन्। उनीहरु सेड्युल अनुसार केहि दिन यता सुटिङमा व्यस्त रहेका छन्। थमन कुमार भण्डारीको लगानीमा निर्माण भइरहेको यो फिल्मको टिमले नायक प्रदीपलाई छायांकन सेटमा ‘भ्यानेटी भ्यान’ उपलब्ध गराएको तस्विर बाहिरएको छ।

Pach Pandav

पहिलो पटक नेपाली फिल्ममा भ्यानेटी भ्यान फिल्मको छायांकनका लागि राखिएको छु। जुन फिल्म क्षेत्रका लागि महत्वपूर्ण मानिन्छ । सुटिङस्थलमा कलाकारको पहिरन परिवर्तन, मेकअप, शौचालयलगायतका सुविधाका लागि यो भेन प्रयोग गरिन्छ। बलिउड र हलिउडका कलाकारहरूले छायांकन सेटमा व्यक्तिगत भ्यानेटी भ्यान प्रयोग गर्दै आएका छन्। तर, नेपालमा भने भ्यानेटी भ्यानको प्रचलन खासै छैन।

जानकारहरुका अनुसार बालाजु ल्याबमा यस्तै भेनको प्रयोग दुई वर्ष गरिएको थियो। तर, यसपटक भने फिल्मका निर्माता थमन कुमार भण्डारीले नायक खड्काका लागि ‘भ्यानेटी रुम’ उपलब्ध गराएका हुन् । फिल्मको लागि टेक भएको अवस्थामा बाहेक प्रदीपले यही भ्यानमा तयारी गरिरहेका छन् । ‘भ्यानेटी रुम’लाई नेपालमा नै तयार पारिएको हो।

यो फिल्म आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउने फिल्ममा नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका छ । गत जेठ दोस्रो साता फिल्मको छायांकनका लागि उनी अमेरिकाबाट काठमाडौं आइपुगेका थिए । करिव ९ वर्षपछि पर्दामा देखिन लागेको उनी फिल्मको छायांकन सकाएर केही दिन अघि अमेरिका फर्किसकेका छन्। अदृत फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । फिल्मका निर्देशकराजन भुसाल हुन्। ’एक्टर’मा नरेन्द्र मैनालीले छायांकन रहेको छ।

Leave A Reply

Your email address will not be published.