सुचना, समाचार र मनोरन्जन
Sarangi

मणिपालमा उपचार गर्दा धादिङबासीलाई छुट

पोखरा /

धादिङका बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन् । सेवा लिन चाहने धादिङबासीहरू धादिङ पोखरा सम्पर्क समाजका सदस्य भने हुनुपर्नेछ ।

समाज र हस्पिटलबीच आइतबार भएको सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने विभिन्न शीर्षकको सेवामा विशेष छुट दिइने भएको हो ।

धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष राजु पाण्डे र मणिपाल शिक्षण अस्पतालका सिईओ अनिल ओडूविलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा धादिङबासीका लागि ओपिडी दर्तामा १०० प्रतिशत, सामान्य बेड शुल्कमा २५ प्रतिशत, नियमित जाँचका ल्याब टेस्ट, इसीजी, एक्सरेमा १५ प्रतिशत, अपरेसनमा १० प्रतिशत छुट दिने उल्लेख छ ।

समाजका अध्यक्ष पाण्डेले यस सहमतिले धादिङबासी लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले भने – ‘मणिपाल पोखराको सुविधासम्पन्न र प्रतिष्ठित हस्पिटल हो । यस हस्पिटलसँग यो सम्झौता भएपछि हाम्रा जिल्लाबासीले लाभ लिने विश्वास लिएको छु ।’ उनले अस्पताल प्रशासनप्रति आभार पनि व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.