सुचना, समाचार र मनोरन्जन

गण्डकीका सांसद देवकोटालाई प्रदेशसभा प्रवेशमा मर्यादापालकको रोक

काठमाडौं /

गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा प्रवेश गर्न मर्यादापालकले रोक लगाएको छ।

माओवादी केन्द्रको संसदीय दलबाट निलम्बित सांसद देवकोटा सर्वोच्च अदालतको असार १० को अन्तरिम आदेशले पद जोगिएपछि उनी पहिलो पटक प्रदेशसभामा प्रवेश गर्न खोज्दा रोकिएको हो।

Pach Pandav

सर्वोच्चले पदमा कायम राख्न दिएको अन्तरिम आदेश पछि आज प्रदेशसभा बैठकमा प्रवेश गर्ने क्रममा आफूलाई मर्यादापालकले रोकेको उनले बताए।

नेसपाको प्रदेश सांसद रहेका देवकोटा गत निर्वाचनमा गोरखा {२} बाट माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका थिए। माओवादी संसदीय दलको निर्णय विपरित कांग्रेसका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि उनलाई माओवादी संसदीय दलले गत जेठ ३२ मा निलम्बन गरेको थियो।

माओवादी संसदीय दलको निर्णय विरुद्ध देवकोटा सर्वोच्चमा पुगेका थिए।

Leave A Reply

Your email address will not be published.