बुटवल/
![IVF Post](https://parichaya.com/wp-content/uploads/2024/12/fishtail-ivf-2-scaled.jpg)
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिलो गरी बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका गुटेरेस पोखराबाट लुम्बिनी पुगेका हुन् ।
![Safal](https://parichaya.com/wp-content/uploads/2025/01/musthead-1.jpg)
गुटेरेसलाई लुम्बिनीमा रहेका विहाzर, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका छन् ।