काठमाडौं /
राष्ट्रिय प्रजातन्त्र पार्टी {राप्रपा} संविधान संशोधनको पक्षमा उभिएको छ। आज बसेको पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको हो।
बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले संविधानले काम नगरेको र दलहरुबीच नयाँ समझदारी हुनुपर्छ भन्दै आएको बताउँदै कांग्रेस र एमालेले नयाँ सहमतिमा संविधान संशोधनलाई प्रमुख विषय बनाएकोलाई स्वागत गरेको बताएका छन्।
अध्यक्ष लिङदेनले कांग्रेस र एमालेले यो समझदारीलाई कसरी अगाडी बढाउछन् भन्ने विषय आफूहरुले नजिक बाट हेर्ने र सोही अनुसार निर्णय गर्ने बताए।
उनले आफूहरुले कुनै एजेण्डा बनाएर छलफल नगरेको र फेरिएको राजनीतिक परिस्थितिको बारेमा मात्र छलफल गरेको बताए।