सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय सभाको बैठक बस्दै,छलफलका कार्यसूची सार्वजनिक

काठमाडौँ/

सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद् भवन बानेश्वरमा सुरु हुनेछ ।

Chaka Panja

बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले आर्थिक विधेयक २०८१, राष्ट्रको ऋण उठाउने विधेयक २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग सम्बन्धी विनियोजन शीर्षकमाथि छलफल कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.