सुचना, समाचार र मनोरन्जन

एमाले सुदूरपश्चिम सरकारबाट बाहिरियो

धनगढी/

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट पनि बाहिरिएको छ ।

बिहीबार प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीको अनुपस्थितमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र उनको सचिवालयमा बुझाएका हुन् ।

रावलसँगै एमालेको तर्फबाट सरकारमा सहभागी तीन जना मन्त्रीले समेत राजीनामा बुझाएका छन् ।

आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला मन्त्री हिरा सार्की र वन, वातावरण तथा सहकारी मन्त्री वीरबहादुर थापाले राजीनामा बुझाएका छन् ।

सुदूरपश्चिममा एमाले समेतको समर्थनमा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनेका थिए ।

Leave A Reply

Your email address will not be published.