सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेशस्तरीय शारीरिक सुगठनमा सुजन बने ‘मिस्टर गण्डकी’

पोखरा /

पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगितामा कास्कीका सुजन थापा ‘मिस्टर गण्डकी’ घोषित भएका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रतियोगितामा सुजन ओभरअल च्याम्पियन हुँदै मिस्टर गण्डकी घोषित भएका हुन् । च्याम्पियन भए संगै उनले नगद रु २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा ५५ केजी तौल समुहमा प्रज्वलराज जिसी पहिलो भए भने मौलादिन मियाँ र रोहित श्रेष्ठ क्रमश क्रमश दोस्रो र तेस्रो बने । त्यस्तै ६० केजी तौलमा सुजन थापा, कृष्ण गुरुङ र पुन पुन क्रमश पहिलो, दोस्रो र तेस्रो भए ।

यसै गरी पुरुष ६५ केजी तौलतर्फ कुशल गुरुङ, बिक्की गुरुङ र रिक्की गुरुङ क्रमश पहिलो, दोस्रो र तेस्रो हुँदा ७० केजी तौलमा कृष्ण भण्डारी, मित्र बहादुर गुरुङ र सक्सेस गुरुङ पहिलो, दोस्रो र तेस्रो भएका छन् । ७० केजी तौल भन्दा माथी शंकर सुवेदी, सुनिल कुशवार र अशोक शेरचन पहिलो, दोस्रो र तेस्रो बने ।

त्यस्तै मेन्स फिजिकतर्फ रोशन उपरकोटी, सिजन गुरुङ र अनिल गुरुङ पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्दा उमेन्स वेलनेसतर्फ विपना कुमाल, अनिता मगर र उमा पुन पहिलो, दोस्रो र तेस्रो भएको टेक्निकल टिमका सदस्य लक्ष्मण {ल्याक्स} गुरुङले जानकारी दिए । बिजेता मेन्स फिजिक र उमेन्स वेलनेसतर्फका बिजेताहरुले जनही नगद रु १५ हजार, १० हजार ७ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे भने तौल समुहका बिजेताहरुले क्रमश जनही नगद रु ५, ३ र २ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।

यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले गरेका थिए भने बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका सल्लाहकार सुनिल गुरुङले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा विभिन्न जिल्लाका ४४ जना खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

Leave A Reply

Your email address will not be published.