सुचना, समाचार र मनोरन्जन
Sarangi

यी १० जिल्ला, जहाँ छन् सबै भन्दा बढी ७२० जना डेंगु सङ्क्रमित

काठमाडौँ /

देशभर १ हजार ४ सय ८३ जना डेंगु सङ्क्रमित रहेकामा काठमाडौँलगायत दश जिल्लामा मात्र ७२० जना सङ्क्रमित भेटिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा {ईडीसीडी}का अनुसार काठमाडौँ लगायत दश जिल्लामा ७२० जनामा डेंगु देखिएको हो ।

सोमध्ये काठमाडौँमा १६५ जनामा डेंगु सङ्क्रमण भएको छ । यस्तै, झापाका १२३ जनामा डेंगु पुष्टि भएको छ । चितवनमा ८६ जना, मकवानपुरमा ६८ जना, तनहुँमा ५२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै, ओखलढुङ्गाका ५० मा डेंगु देखिएको छ भने डोटीमा ४९ मा डेंगु सङ्क्रमण भएको छ । यस्तै, भोजपुर र सिन्धुपाल्चोकका ४६÷४६ जनामा डेंगु सङ्क्रमण भेटिएको ईडीसीडीको तथ्याङ्क छ । काठमाडौँसँगै सिमाना जोडिएको भक्तपुरका ३५ जनामा डेंगु पुष्टि भएको छ ।

देशभर मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्दै गएको छ । देशभरमा पछिल्लो पटक ५१ जनामा डेंगुका नयाँ सङ्क्रमित थपिएसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय ८३ पुगेको छ ।

हालसम्म देशभर ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङ गरी चार जिल्लामा डेंगु सङ्क्रमणबाट सुरक्षित रहेको ईडीसीडीको तथ्याङ्क छ ।

Leave A Reply

Your email address will not be published.