सुचना, समाचार र मनोरन्जन

बाढी–पहिरो पीडित नागरिकको जीवन सहज बनाउन सरकारलाई कांग्रेसको आग्रह

काठमाडौँ/

नेपाली कांग्रेसले प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह गरेको छ ।

Gokarna Karki

बुधबार कांग्रेसका मुख्‍यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरुले आवश्यक समन्वय र ब्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गर्न नेपाली कांग्रेस आग्रह गर्दछ । सम्पर्क विहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न नेपाली कांग्रेस सरकारसँग आग्रह गर्दछ ।’

प्रभावित जिल्लाका नेपाली कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनालाई परिचालन गरी राहत र उद्धारमा खट्न कांग्रेसले अपिल गरेको छ ।

Leave A Reply

Your email address will not be published.