सुचना, समाचार र मनोरन्जन

‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष शो सम्पन्न

विशेष शो हेर्न पोखराका दर्शकको राम्रो उपस्थिति थियो । मेडिकल लाइन देखि सामाजिक सेवामा आबद्ध भएका व्यक्तिहरुले उक्त सिनेमा हेरे । अटिजमका विषयमा उल्लेख गरिएको कथावस्तुुलाई धेरैले रुचाएका छन् ।

पोखरामा /

पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष शो सम्पन्न भएको छ । मंगलबार पोखरा ट्रेडमलको क्युुएफएक्स सिनेमा हलमा उक्त शो भएको हो ।

विशेष शो हेर्न पोखराका दर्शकको राम्रो उपस्थिति थियो । मेडिकल लाइन देखि सामाजिक सेवामा आबद्ध भएका व्यक्तिहरुले उक्त सिनेमा हेरे । अटिजमका विषयमा उल्लेख गरिएको कथावस्तुुलाई धेरैले रुचाएका छन् ।

समय सान्दर्भिक सिनेमा भएको प्रतिक्रिया दर्शकको छ । अटिजम भएका बालबालिकाको परिवारलाई समाजमा हेर्ने दृष्टिकोण र परिवारमा परेको समस्यालाई सिनेमा मार्फत प्रस्तुत गर्न खोजिएको छ ।

विशेष शोमा पोखराका दर्शकको माया पाएर निर्मात्री एवम् निर्देशक अनिता पण्डित पनि खुशी छिन् । भन्छिन्,“सोचे भन्दा बढी सफलता मिल्यो । झरिका बेला पनि आफ्नै सिनेमा भनेर दर्शक आउनुभयो । पोखराको राम्रो सर्पोट पाए ।” आफु इरानी सिनेमाबाट प्रभावित भएको बताउँदै उनले समाजका समस्यालाई सिनेमा मार्फत उतार्न लागिरहने प्रतिबद्धता व्यक्त गरिन् ।

“आफैले निर्माण गरेको पहिलो सिनेमामा केही कमीकमजोरी अवश्य होलान् । जसलाई आगामी दिनमा अझ सुधार गर्नेछु । तर सिनेमा मेकिङबाट टाढा चाहिँ रहनेछैन । यसमा नै निरन्तरता हुनेछ ।”, उनले भनिन् ।

अनिता पण्डित र अशोक भुजेलको निर्देशन रहेको सिनेमाको कथा अनिताले नै लेखेकी हुन् । सिनेमामा अनिता सँगै सुुरबिना कार्की, अरनाबी ढुंगाना, मौसम खड्का लगायतको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.