सुचना, समाचार र मनोरन्जन

जनमत पार्टीका केन्द्रीय सचिवसहित ७ नेतालाई कारबाही

काठमाडौँ/

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सात जना नेतालाई तीन महिना निलम्बनको कारबाही गरेको छ । असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्णय गरेको सो पार्टीले जनाएको छ ।

निलम्बनमा पर्नेहरुमा विशेश्वरप्रसाद ९वीप०साह राष्ट्रिय सचिव, रामेश्वर यादव केन्द्रीय सदस्य, कृष्णचन्द्र साह मिर्चैया नगरपालिका सचिव, अरविन्द सहनी पुर्वजिल्ला अध्यक्ष, धिरज कामती साधारण सदस्य, अनिता कुमारी यादव वडा प्रत्याशी र दिपनारायण यादव पूर्व नगरपालिका सचिव रहेको सो पार्टीका अनुशासन विभाग समितिका सचिव अनिताकुमारी मण्डलले जनाएकी छन् । उनीहरूको निलम्बन असार २६ गतेदेखि लागु हुनेछ ।

Leave A Reply

Your email address will not be published.