सुचना, समाचार र मनोरन्जन
IVF New Banner

टी-२० विश्वकप छनोट: ओमानविरुद्ध नेपालको राम्रो सुरुवात

पावर प्ले सकिंदा नेपालले चार विकेट लिएको छ । सोमपाल कामीले दुई, करण केसी र गुल्शन झाले एकरएक विकेट लिएका छन् ।

काठमाडौं /

टी-२० विश्वकप छनोट खेलको सेमिफाइनलमा ओमानविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ ।

पावर प्ले सकिंदा नेपालले चार विकेट लिएको छ । सोमपाल कामीले दुई, करण केसी र गुल्शन झाले एकरएक विकेट लिएका छन् ।

ओमानका ओपनर कश्यप प्रजापतिलाई करण केसीले पहिलो ‌ओभरको पाँचौ बलमा विकेट पछाडि विकेटकिपर आसिफ शेखबाट ८ रनको व्यक्तिगत स्कोरमा आउट गरे।

Exchange and test

सोमपाल कामीले ओमानका अबिक इल्यासलाई चौथो ओभरको पहिलो बलमा २ रनमा बोल्ड गरे।

नेपालका लागि तेस्रो विकेट गुल्सन झाले पाँचौ ओभरको अन्तिम बलमा लिए। उनले प्रतिक अथाभलेलाई २४ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए।

छैटौं ओभरमा सोमपाल कामीले सोएब खानलाई शून्यमा बोल्ड गरे। यससँगै नेपालले पाँच बलको बीचमा दुई विकेट लिन सफल भयो।

६ ओभर सकिदा ओमानले ४३ रन जोडेको छ ।

Leave A Reply

Your email address will not be published.