सुचना, समाचार र मनोरन्जन

सुनको भाउ सामान्य घट्यो

काठमाडौ/

आज पनि सुनचाँदीको भाउ घटेको छ। सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको हो ।

Pach Pandav

हिजो एकैदिन दुई हजार चार सय रुपैयाँले घटेको सुन आज तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ आज २० रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार सात सय ३० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.