सुचना, समाचार र मनोरन्जन
IVF New Banner

टी-२० विश्वकप छनोट: नेपाल टस हारेर बलिङ गर्दै, टिममा दीपेन्द्र फर्किंदा सन्दीप जोरा आउट

काठमाडौं /

काठमाडौंमा जारी टी-२० विश्वकपमा छनोटको सेमिफाइनलमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ।

Safal

मुलपानीस्थित क्रिकेट मैदानमाम हुने खेलमाा नेपालले टस हारेर बलिङ गर्ने भएको छ। युएईका कप्तान मोहम्मद वासिम टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो।

IVF Post

खेलमा युएईले टस जितेर पहिले पहिले ब्याटिङ रोजेको छ। पहिले बलिङ गर्ने नेपाली टिममा एक परिवर्तन गरिएको छ। सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरीले टिममा स्थान बनाएका छन्। घाइते भएका कारण दीपेन्द्रले समूह चरणमा मलेसिया, सिंगापुर र ओमानविरुद्धको खेल गुमाएका थिए।

नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हुन्। समूह बी बाट ओमान विजेता र बहराइन उपविजेता भए। यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।

 यो खेल नेपालका लागि महत्त्वपूर्ण छ। किनकि नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ। नेपाल र युएईबीच टी–२० मा अहिलेसम्म ८ खेल भएका छन्। आठमध्ये नेपाल र युएईले चार चार खेलमा जित निकालेका छन्।

Leave A Reply

Your email address will not be published.