सुचना, समाचार र मनोरन्जन

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाकै डेढ लाख पुग्यो

काठमाडौं /

सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन प्रतितोला एक लाख ५० हजार कायम भएको छ।

Chaka Panja

आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला तीन सयले वृद्धि भएको हो।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला तीन सयले वृद्धि भएको छ। आइतबार प्रतितोला एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ।

चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला रु एक हजार सात सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave A Reply

Your email address will not be published.