सुचना, समाचार र मनोरन्जन

हेलिकप्टर दुर्घटनाः मृतकको शव काठमाडौं ल्याइँदै

काठमाडौं /

एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ।

Pach Pandav

आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो।

हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ {तीन पुरुष र एक महिला} नागरिकको मृत्यु भएको हो। नेपाल नागरिक उड््डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहेका छन्।

सो दुर्घटनामा परी मृत्यु भएका मृतकहरुको शव संकलन भई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याउने कार्य भइरहेको प्राधिकरणले जनाएको छ।

Leave A Reply

Your email address will not be published.