सुचना, समाचार र मनोरन्जन
Sarangi

पोखरा जेसीजद्वारा मिस पोखरा-२०२४ प्रतियोगिताको घोषणा

युवतीहरुको व्यक्तित्व विकास र नेतृत्व क्षमतामा जोड

पोखरा/

पोखरा जेसीजले आफ्नो बहुप्रतीक्षित वार्षिक कार्यक्रम, मिस पोखरा-२०२४ सुन्दरता प्रतियोगिताको औपचारिक घोषणा गरेको छ। सन् १९७५ मा स्थापना भएको पोखरा जेसीजले समाज रुपान्तरण र युवाहरुको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ। यस वर्षको मिस पोखरा प्रतियोगिता पनि संस्थाको यही उद्देश्यलाई अघि बढाउँदै, युवतीहरुको व्यक्तित्व र नेतृत्व विकासमा केन्द्रित हुनेछ।

कार्यक्रमका उद्देश्य र विशेषता:

मिस पोखरा(२०२४ केवल बाह्य सुन्दरतालाई मात्र महत्व दिँदैनस यो प्रतियोगिताले सहभागीहरुको आन्तरिक क्षमता, अन्तर्निहित प्रतिभा, र वास्तविक व्यक्तित्वलाई पहिचान गर्नेछ। पोखरा जेसीजका अनुसार, यो प्रतियोगिता युवा नारीहरुको आत्मविश्वास बढाउने र उनीहरुको नेतृत्व क्षमतामा निखार ल्याउन एक महत्वपूर्ण प्लेटफर्म हुनेछ।

विशेषताका रुपमा, मिस पोखरा(२०२४ विजेताले मिस नेपालको छनौट प्रक्रियामा बिना अडिसन प्रतिस्पर्धा गर्न पाउनेछिन्, जसले उनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने सुनौलो अवसर प्रदान गर्नेछ।

यो वर्षको मिस पोखरा(२०२४ कार्यक्रमलाई थप भव्य बनाउन, पोखरा जेसीजले प्रतिष्ठित इभेन्ट म्यानेजमेन्ट कम्पनी ुइभेन्ट्स फर यू प्रा।लि।ु संग सहकार्य गरेको छ। कार्यक्रममा विषाल गुरुङको नेतृत्वमा इभेन्ट्स फर यू प्रा।लि। का टिमले व्यवस्थापन जिम्मेवारी निभाउनेछन्। विषाल गुरुङको अनुभव र मेहनती कार्यशैलीले कार्यक्रमको उत्कृष्ट व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नेछ।

कार्यक्रममा सहभागिता र दर्ता प्रक्रिया

मिस पोखरा(२०२४ मा भाग लिन इच्छुक युवतीहरुले आजैबाट दर्ता प्रक्रिया सुरु गर्न सक्नेछन्। प्रतियोगितामा सहभागी हुन चाहनेहरुले धधध।mष्ककउयपजबचब।अयm मा गएर आवश्यक जानकारी प्राप्त गर्न र दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन्।

पोखरा जेसीजले प्रतिभाशाली र आत्मविश्वासी युवतीहरुलाई मिस पोखरा-२०२४ मा सहभागी हुन आग्रह गरेको छ। यस प्रतियोगिताले उनीहरुलाई आफ्नो क्षमता चिनाउने र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्नेछ।

Leave A Reply

Your email address will not be published.