सुचना, समाचार र मनोरन्जन

पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिलाई बुद्ध विशाल बजारको बधाई तथा शुभकामना

 

पोखरा : बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लगाएत कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ।

बिहीबार एक कार्यक्रम गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरिएको हो। नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैँ बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्रीले पोखरा उद्योग वाणिज्य संघले गर्ने हरेक राम्रा कामको साथमा बुद्ध विशाल बजार व्यापारिक एशोसियसन साथमा रहेको बताउँदै उद्योग वाणिज्य संघले गर्ने नराम्रा कामको लागी एशोसियसनले खबरधारी गर्ने बताए। खत्रीले व्यावसायमा पार्किङको समस्या रहेको हुनाले उद्योग वाणिज्य संघले सहजीकरण गर्नुपर्ने बताए।

पोखरा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पवन प्रजापतिले व्यावसायिका घर वहाल कर लगाएत विभिन्न करका समस्याहरू रहेको बताउँदै यस बारेमा बारेमा पोखरा महानगरपालिकासँग मिलेर काम गर्न संघलाई आग्रह गरे। प्रजापतिले बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले आफूलाई जुन सम्मान गरेको छ, त्यसको लागी धन्यवाद दिँदै व्यवसायीहरूलाई फुटेर हैन जुटेर काम गर्न आग्रह गरे।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष  गोकर्ण कार्कीले आफ्नो जित सम्पुर्ण व्यवसायीको जित भएको बताउँदै आफू सधैँ व्यवसायीको साथमा रहेको बताए।

व्यवसायीलाई परेको समस्या समाधान गर्न आफू चौविसै घण्टा तयार रहेको बताए। कार्कीले व्यावसायीको हकहितका लागि नेपाल सरकार लगाएत पोखरा महानगरपालिका साथै विभिन्न संघ सस्थासंग सहकार्य गर्दै काम गर्ने बताए।

कार्यक्रमा पोखरा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पवन प्रजापतिलाई सफलतापूरुवक आफ्नो कार्यकाल सम्पन्न गरेकोमा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले सम्मान गरेको थियो।

एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा एशोसियसनका उपाध्यक्ष बुद्दी बहादुर कुँवरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सन्चालन एशोसियसनका सचिव थमन सिह गुरूङले गरेका थिए।

Leave A Reply

Your email address will not be published.