सुचना, समाचार र मनोरन्जन

पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको गृहमन्त्रालयमा सरुवा

पोखरा/

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको करिब १४ महिनाको सेवा अवधि पश्चात गृहमन्त्रालयमा सरुवा भएको छ। आज पोखरा महानगरले वहाँको सम्मानमा विशेष बिदाई कार्यक्रम आयोजना गरेको थियो।

Pach Pandav

कार्यक्रममा पोखरा महानगरपालिकाको कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले श्यामकृष्ण थापालाई महानगरको प्रशासनिक सुधार र विकासका क्रममा खेल्नुभएको महत्त्वपूर्ण भूमिकाको कदर गर्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले थापाको नेतृत्वमा महानगरले जनताका लागि प्रभावकारी सेवासुविधा प्रदान गरेको र प्रशासनिक प्रक्रियामा पारदर्शिता र गति ल्याएको बताउनुभयो।

श्यामकृष्ण थापाले आफ्नो सम्बोधनमा पोखरामा बिताएका दिनहरू अत्यन्तै फलदायी भएको र महानगरको विकासका लागि आफूले सक्दो योगदान दिन पाएकोमा गर्व व्यक्त गर्नुभयो। उहाँले महानगरको समृद्धि र नागरिकहरूको सेवामा आफू सदैव प्रतिवद्ध रहेको उल्लेख गर्दै आगामी जिम्मेवारीमा पनि त्यही उत्साहका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रममा उपस्थित विभिन्न निकायका प्रतिनिधिहरूले पनि थापाको प्रशंसा गर्दै उहाँको नेतृत्व क्षमताले पोखरा महानगरलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गरे।

Leave A Reply

Your email address will not be published.