सुचना, समाचार र मनोरन्जन

मिस मगर नेपालको फाइनल कार्तिक २४ गते हुने

फाइनलमा पुग्नेमा बबिता बाकाबल, विनु राना, दिवा पाइजा, एलिना थापा, चिना पुन, दीक्षा थापा, सलिना राना, उमा पुन, कविता थापा र खगी थापा रहेका छन् । उनीहरुले उपाधिको लागि प्रतिषपर्धा गर्नेछन् ।

पोखरा /

छैठौं संस्करणको मिस मगर नेपालको फाइनल प्रतिष्पर्धा कात्तिक २४ गते हुने भएको छ ।

एसटी क्रियशनद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १० जना पुगेका छन् । फाइनलमा पुग्नेमा बबिता बाकाबल, विनु राना, दिवा पाइजा, एलिना थापा, चिना पुन, दीक्षा थापा, सलिना राना, उमा पुन, कविता थापा र खगी थापा रहेका छन् । उनीहरुले उपाधिको लागि प्रतिषपर्धा गर्नेछन् ।

सोल फेशन काठमाण्डौ र आई.एफ.सी. फेशन कलेज पोखराद्धारा निर्माण गरिएको कलात्मक पोशाकमा सजिएर उनीहरुले करिब एक महिना सम्म सिकेका प्रतिभा फाइनल कार्यक्रम मार्फत प्रस्तुत गर्नेछन् । यो प्रतियोगितामा कोरियोग्राफीको जिम्मा सुस्मिता पुन, सनम गर्बुजा, मिलन थापा र प्रियंका गर्बुजालाई दिइएको छ ।

होटल पोखरा ग्राण्डमा हुने फाइनल कार्यक्रमको आकर्षणको रुपमा साँस्कृतिक कार्यक्रम समेत रहने कार्यक्रम संयोजक रूद्रबहादुर श्रीसले जनाए । ‘मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

Leave A Reply

Your email address will not be published.