सुचना, समाचार र मनोरन्जन
Sarangi

गुडिरहेको बसमा आगलागी, यात्रु सुरक्षित

काठमाडौं/

ललितपुरको सातदोबाटोमा बसमा आगलागी भएको छ।

शनिबार अपरान्ह पौने ५ बजे चक्रपथमा चल्ने बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको ट्राफिक प्रहरी इन्सपेक्टर भुपेन्द्र गिरीले जानकारी दिए ।

बसमा आगलागीको कारण खुलेको छैन । चालकका अनुसार इन्जिनबाट एक्कासी आगलागी भएको थियो । बसमा धुँवा देखिनेवित्तिकै यात्रुहरु झरेका थिए ।

सबै यात्रुहरु सुरक्षित रहेको गिरीले बताए ।

Leave A Reply

Your email address will not be published.