सुचना, समाचार र मनोरन्जन

डेरा गरेर भविष्य खोजिरहेका युवाहरूको कथा‘कोठा’ सार्वजनिक[भिडियो]

 

काठमाडौं : डेरा गरेर भविष्य खोजिरहेका युवाहरूको कथामा आधारित म्युजिकल फिल्म ‘कोठा’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा म्युजिकल फिल्म सार्वजनिक भएको हो।

Chaka Panja

आर्ट घरको निर्माणमा बनेको यस म्युजिकल फिल्मलाई भीष्म जोशीले निर्देशन गरेका हुन्। जोशीको कथामा तयार भिडियाकाे गीत कवि देव व्रत र जोशीको शब्द, संगीत तथा स्वर प्रशान्त सिवाकोटीको रहेकाे छ।

सङ्गीतकार सिवाकोटीले गीतमा देउडा भाकालाई पनि स्थान दिएका छन्। उनी आफैँले गीत सार्वजनिक कार्यक्रममा भने, ‘आफू झापाली भएर पनि सुदूरपश्चिमको देउडा भाका कोठामार्फत गाउने प्रयास गरेको छु, विश्वास छ सबैले हाम्रो नयाँ साङ्गीतिक कोसेलीलाई माया गरिदिनुहुनेछ।’

नव-कलाकार प्रवीणकुमार पाण्डेको मुख्य अभिनय रहेको फिल्ममा सबि थापा, सरोज खड्का, कल्पना साही र शीतल पाण्डेको अभिनय रहेको छ। सरोज श्रेष्ठको छायाङ्कन, रिदेन श्रेष्ठ र धिरज अधिकारीको सम्पादन रहेको छ।

Leave A Reply

Your email address will not be published.