काठमाडौं : नेपाली खेलकुदमा अहिलेसम्मकै ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) टिम पोखरा एभेन्जरको फ्यान एन्थम सार्वजनिक भएको छ । टौवा प्रोडक्सनको निर्माणमा तयार गरिएको गीतमा देबेन्द्र बब्लु र सौरभ शर्मा बस्यालको स्वर रहेको छ ।
मदन घिमिरेले निर्देशन गरेको उक्त एन्थममा संगीत गायक बस्यालको रहेको छ भने शब्द देवव्रतले लेखेका हुन् । जित हाम्रो निश्चित छ बोलको उक्त एन्थम भिडिओमा अर्जुन रिजालको ड्रोन र रेशम जोएल गेडालको मिक्सिङ रहेको छ ।