सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेश : पोखरामा ‘विश्व ध्यान दिवस’ मनाइने

कास्की : गण्डकी प्रदेशसामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले ‘विश्व ध्यान दिवस’ मनाउने तयारी गरेको छ।

भोलि अर्थात मंसिर ६ गते शनिबार विश्व ध्यान दिवस मनाउने तयारी गरेको हो। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसंघद्वारा यसै वर्ष देखि हरेक डिसेम्बर २१ तारिकलाई ‘विश्व ध्यान दिवस’ को रुपमा घोषणा गरि यस वर्ष ‘विश्वव्यापी सद्वभावका लागि आन्तरिक शान्ति’भन्ने मूल नाराका साथ मनाउन लागिएको सन्दर्भमा नेपालमा पनि नेपाल सरकारले सरकारी स्तरबाट समेत भब्य रुपमा मनाउन लागिएकोमा हामी ध्यानप्रेमी साधकहरु हर्षित भएको उल्लेख गरेको छ।

‘यसै सन्दर्भमा गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय पोखराको आयोजना र पोखरामा क्रियाशिल आध्यात्मिक संस्थाहरुको सहकार्यमा पोखरा रंगशाला परिसरमा भब्य कार्यक्रमका साथ ‘विश्व ध्यान दिवस’ मनाउन गईरहेका छौं ।त्यसैले भोलि बिहानको ठिक ७:३० बजे उक्त कार्यक्रममा उपस्थित भइदिनुहुन सम्पूर्ण ध्यानप्रेमी महानुभावहरुमा हार्दिक निमन्त्रणा गर्दछौं ‘, जारी विज्ञप्तिमा भनिएको छ।

Leave A Reply

Your email address will not be published.