सुचना, समाचार र मनोरन्जन

माउन्ट एभरेष्ट मोटरस्पोट्र्स फेस्टिभलमा आशिषहरुको दबदबा

काठमाडौं :

माउन्ट एभरेष्ट मोटरस्पोट्र्स फेस्टिभलमा आशिष भारतीे अटोक्रस च्यालेन्ज र नेपाल अटोजिखाना (पुरुष) तथा आशिष कुमार शाक्य कार्ट्समाण्डु कप र नवाङ्ग मोक्ताङल नेपाल अटोजिखाना (महिला)मा प्रथम भएका छन्। नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा पौष २० गते हिमालयन मोटरल्याड, धुलिखेलमो माउन्ट एभरेष्ट मोटर स्पोट्र्स फेस्टिभल भव्यताका साथ सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसको स्पोर्टस् डेभेलप्मेन्ट प्रोग्राम अन्तर्गत टोटल इनरजिज नेपालको शीर्षक प्रायोजन र बागमति प्रदेश खेलकुद विकास परिषद्र्का अर्थिक सहयोगमा भएको सो फेीसभलमा मोटरस्पोर्टस्का चारवटा विधामा रेसका साथै एटिभि डेमो र भिन्टेज कार प्रदर्शनि लगायतका विभिन्न आकर्षण रहेको थियो।

फेस्टिभलको अटोक्रस च्यालेन्जमा रविन सुनुवार र सुन्दर होना, काटर््समाण्डु कपमा प्रविन कार्की र जय प्रताप मास्के, जिमखाना पुरुषमा रविन सुनुवार र दिगविजय अधिकारी तथा जिमखाना महिलामा वर्षा बस्नेत र प्रज्ञा कडेलले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे । विजेताहरुले जनही क्रमशः सत्ताईस हजार, नौ हनार र तीन हजार नगद पुरस्कारका साथै सिल्ड सर्टिफिकेट र टोटल इनरर्जिजको गिफ्ट ह्यामपर पनि प्राप्त गरे ।
बागमति प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव दीपक लामाले फ्लाग अफ गरी सुरु गरिएको सो फेस्टिभलमा अटोक्रस च्यालेन्ज, कार्टमाण्डु कप, क्वाड बाइक एभेन्चर र नेपाल अटोजिमखाना (पुरुष र महिला) लगायतका प्रतिस्पर्धामा पचासभन्दा बढी सहभागी रहेका थिए ।
कार्यक्रको सुरुवात गर्दै सदस्य सचिव लामाले नेपाली युवाहरुमा लोकप्रिय स्किल, स्पिड र इन्जीनको संयोजन मोटरस्पोर्टस्मा बागमती खेलकुद परिषद् प्रत्यक्ष संलग्न रहने बताउदै खेलाडीहरुको हौसाला बढाउनु भयो। नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल र सल्लाहकार ठाकुर प्रसाद न्यौपाने, टोटल इनर्जिज नेपालका सेल्स डेड सुवोध थापा लगायतले सम्पूर्ण विजेता र खेलाडीलाई हिजो अवेर धुलिखेलमा पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.