सुचना, समाचार र मनोरन्जन

स्वर्णलक्ष्मी सहकारीमा रवि लामिछाने लगायत विरुद्ध मुद्दा दायर

काठमाडौं/

राजधानीको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलगायतविरुद्ध मुद्दा दायर भएको छ । आइतबार बचतकर्ताले राखेको रकम अनियमितता भएको जिकिरसहित जम्मा ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामालगायतलाई प्रतिवादी बनाइएको छ ।

Leave A Reply

Your email address will not be published.