सुचना, समाचार र मनोरन्जन

सिमलको रुख रोपेपछि देखिन थाले गिद्ध

 

उदयपुर : जिल्लाको बेलका नगरपालिका– ८ र ९ स्थित चिम्पाकोट, बोप्ताङडाँडा र सुगाचरी क्षेत्रमा गिद्धको संख्या बढ्न थालेको छ ।

 

बेलका नगरपालिकाले २०७५ सालदेखि गिद्ध संरक्षण अभियान सञ्चालन गरेसँगै गिद्धको संख्या बढ्न थालेको वडा नं ८ का हर्कबहादुर राईले जानकारी दिए ।

 

गिद्ध संरक्षणका लागि नगरक्षेत्रमा मरेका पशु उपलब्ध गराउने र बासका लागि सिमलको रुख रोपेपछि गिद्धको संख्या बाक्लिन थालेको उनको भनाइ छ । नगरपालिका प्रमुख अशोक कार्कीले नगरपालिकाले अहिले पनि गिद्ध संरक्षणका लागि काम गर्दै आएको बताए ।

 

यहाँ बसोबास गर्ने गिद्ध आहारको खोजीमा कोशी क्षेत्र आसपास र सुनसरी, मोरङ, झापा, सप्तरी, सिरहा, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुट्टा, सङ्खुवासभासम्म पुग्ने गरेका छन् ।

 

Leave A Reply

Your email address will not be published.