सुचना, समाचार र मनोरन्जन
IVF New Banner

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा व्यवस्थामा कडाइ

चितवन/

चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकारी हुनसक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । निकुञ्जले चाडपर्वमा विशेष सुरक्षा व्यवस्था मिलाएको हो ।

Safal

दशैँअघिदेखि नै निकुञ्जले सुरक्षामा कडाइ गरेको हो । तिहार, छठजस्ता पर्वको समयमा समेत सुरक्षामा कडाइ गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए। निकुञ्जमा डुङ्गा गस्तीको सङ्ख्या थप गरिएको छ । तत्काल परिचालन हुनका लागि विशेष टोली तयारी अवस्थामा राखिएको उहाँले बताए ।

निकुञ्जको ६७ वटा सुरक्षा पोष्टमा नेपाली सेना, निकुञ्ज कर्मचारी तथा अन्य सुरक्षा संयन्त्रले काम गरिराखेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। त्यसैगरी हात्तीमा गस्ती, घुमुवा गस्तीसहितको व्यवस्था मिलाएका छौँ उनले भने, कार्यालयमा अन्य कर्मचारी पनि आलोपालो गरी बिदामा जाने गरी व्यवस्था मिलाइएको छ ।

IVF Post

निकुञ्जमा पैदल, साइकल, जीप, हात्ती, डुङ्गालगायत नियमित गस्ती गर्ने गरिन्छ । यसका अतिरिक्त रात बिताउने गरी संवेदनशील ठाउँमा गस्ती गर्ने गरिएको छ । यसलाई ‘एम्बुस’ नाम दिएर परिचालन गरिएको छ।

निकुञ्जभित्र मानिसको चहलपहल धेरै हुने ठाउँमा लुकाएर क्यामरा राख्ने गरिएको छ । यो स्पाइ क्यामरा हो । यसले खिचेको दृश्यको अनुगमन गरेर आवश्यकताअनुसार थप सुरक्षाकर्मी परिचालन गर्ने गरिएको छ । निकुञ्जका ठाउँठाउँमा सीसी क्यामरा राखिएको छ ।

निकुञ्जमा विश्वमा नै दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, नीलगाई, घडियाल गोही, हात्तीलगायतका जनावर रहेका छन् । पछिल्ला दिनमा जङ्गली ध्रुवे हात्तीले माडी र भरतपुरका राप्ती नदी किनारका बस्तीमा दुःख दिन थालेपछि दुर्घटना नहोस् भन्नका लागि सजगता अपनाइको उहाँले जानकारी दिए।

निकुञ्ज र नेपाली सेनाका गाडीले हात्तीलाई निगरानी राखिएको छ भने उपभोक्ताले मध्यवर्ती क्षेत्रमा ट्र्याक्टरमार्फत निगरानी गरिरहेका छन् । जसका कारण निकुञ्ज सुरक्षामा समेत सहयोग पुगेको छ । वर्षात र चाडपर्वको समयमा तस्कर सक्रिय हुनसक्ने भएकाले विशेष निगरानी गरिएको हो ।

Leave A Reply

Your email address will not be published.