सुचना, समाचार र मनोरन्जन
IVF New Banner

भूकम्प पीडितका लागि आईएसएमटी कलेजद्वारा पाँच लाख सहयोग

काठमाडौँ/

आईएसएमटी कलेजले कार्तिक १७ गते शुक्रबार मध्यरातिमा जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण प्रभावित भएकाहरुको सहयोगार्थ ५ लाख आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

कलेजका अध्यक्ष योगेश उप्रेतीले आज एक विज्ञप्ति जारी गरी भूकम्पका कारण प्रभावित भएकाहरुका लागि सहयोग रकम उपलब्ध गराउने जानकारी गराएका हुन् ।

Exchange and test

कलेजद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘दुई जिल्लामा ठूलो जनधनको क्षति भएकोले सानै भएपनि पीडितसमक्ष सहयोग पुगोस् र सबैमा सहयोगको भावना जागृत गराउन सकियोस् भन्ने उदेश्यले आइएसएमटी कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि उपलब्ध गराइने निणर्य गरिएको छ ।’

कलेजले भूकम्पमा परी मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको पनि जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘भूकम्पबाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को यस दुःखद घडीमा खोज, उद्धार उपचार तथा राहतका लागि सरकार तथा सबै व्यक्ति तथा संस्थाहरुसमक्ष हार्दिक आग्रह गर्दछ ।’

बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेज काठमाडौं, चितवन, पोखरा, बुटवल र बिराटनगरमा सञ्चालित छ ।

Leave A Reply

Your email address will not be published.