काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको दक्षिण एसियाली सपना कोमामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले काठमाडौंमा भएको पछिल्लो १८ औँ सार्क शिखर सम्मेलनको १० वर्ष नाघिसकेको बताउँदै सो बेला आफूले प्रस्ताव गर्ने मौका पाएको स्मरण गरे।
उनले शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको दक्षिण एशियाली सपना कोमामा रहेको बताउँदै त्यसलाई कोमामै राख्ने, मर्न दिने वा ब्यूँताउने भन्नेमा निर्क्यौल गर्नुपर्ने बताए। उनले तनहुँमा जन्मिका सरदार यदुनाथ खनालले नेपाल चीन सीमामा रहेका १८ वटा भारतीय सैनिक चेक पोस्टलाई वार्ताबाट नै हटाउन सफल भएको स्मरण गर्दै अहिलेको सरकारबाट उक्त अपेक्षा नरहेको बताए। उनले श्वेत पत्र आउने अपेक्षा पनि नरहेको बताउँदै माग भने गर्न चाहेको जिकिर गरे।
उनले अहिलेको सरकार र नेतृत्वबाट राम्रो कुराको आश र अपेक्षा गर्न नसकिने टिप्पणी गरे।