सुचना, समाचार र मनोरन्जन
IVF New Banner

मूलपानी, चितवन र विराटनगरको रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश

काठमाडौँ/

Exchange and test

सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएको मन्त्री शर्माले बताइन् । यसअघि टी-२० विश्वकपमा छनोट भएका खेलाडीलाई बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताएका थिए ।

Leave A Reply

Your email address will not be published.