सुचना, समाचार र मनोरन्जन

भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं /

प्रधानमन्त्री र मन्त्रीले जाजरकोट भूकम्प्प पीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन्।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प पीडितका लागि प्रधानमन्त्री र मन्त्रीले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

एक साताअघि जाजरकोट केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकम पश्चिममा ठुुलो धनजनको क्षति भएको छ ।

Leave A Reply

Your email address will not be published.