सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदै

काठमाडौँ/

आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ । शान्ति र विकासमा विज्ञानको आवश्यकता, भूमिका र उदीयमान वैज्ञानिक मुद्दाहरूमा छलफल गर्न हरेक वर्ष नोभेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘विज्ञानमा विश्वास अभिवृद्धि’ भन्ने नाराकासाथ नेपालमा पनि दिवस मनाइँदैछ। सन् २००१ मा यूनेस्कोले यो दिवसको शुरुवात गरेको हो ।

IVF Big

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनको माध्यमबाट बेरोजगारी समस्या सम्बोधन गर्न र देशमा औद्योगिक उत्पादकत्व बढाउँदै समृद्धि हासिल गर्ने उद्देश्य राखेको छ ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिवसको अवसरमा शुभकामना व्यक्त गरी विज्ञान, प्रविधि र आविष्कारको क्षेत्र तथा जनशक्तिको भूमिकालाई सरकारले उच्च महत्त्व दिएको बताउनुभएको छ । उनले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणालीहरू एकीकृत गर्न विद्यमान संरचनाहरुको सशक्तिकरण र सबलीकरण गरी दीर्घकालीन नीति र कार्यक्तमहरु तर्जुमा गर्न सरकार तत्पर रहेको उल्लेख गरेका छन ।

Leave A Reply

Your email address will not be published.