सुचना, समाचार र मनोरन्जन

बागमतीमा पुँजीगत खर्च निराशाजनक

 

बागमती : बागमती प्रदेशको पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि हुन सकेको छैन । चालु आर्थिक वर्षको प्रथम ४ महिनामा कुल बजेटको ७.२७ प्रतिशत मात्र खर्च भएको छ ।

 

Pach Pandav

आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आवका लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट ल्याएकामा चार महिनामा कुल बजेटको ७.२७ प्रतिशत अर्थात् ४ अर्ब ९० करोड ३५ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ ।

 

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेशसभा सचिवालयले २७ प्रतिशत, प्रदेश लोकसेवा आयोगले २०.९२ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले १८ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १६.९१ प्रतिशत, श्रम, रोजगार तथा यातायात मन्त्रालयले १६.६३ प्रतिशत र स्वास्थ्य मन्त्रालयले १६.३७ प्रतिशत बजेट खर्च गरेको छभने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १.१४ प्रतिशत बजेट खर्च गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.