सुचना, समाचार र मनोरन्जन

चुनावमा भाग लिन ५६ पार्टीको निवेदन, २५ वटा नयाँ दल दर्ताको प्रक्रियामा

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिन ५६ वटा पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले पनि हिजो दल दर्ताका लागि निवेदन दिएको छ ।

निर्वाचन आयोगले दल दर्ताको लागि पर्सि १० गतेसम्म निवेदन दिन आग्रह गरेको छ । ११ गतेदेखि १८ गतेसम्म निवेदनमाथि छानबिन गर्ने र २० गते दर्ता भएका दलहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ । आयोगमा दर्ता रहेका दलमध्ये चुनावमा भाग लिने उद्देश्यले पुनः दल दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ सय ३२ वटा दल दर्ता भएका छन् । यसमध्ये १५ वटा नयाँ छन् । अझै २५ वटा नयाँ दल दर्ताको प्रक्रियामा रहेका आयोगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.