युक्रेनमा भएको रूसी आक्रमणको कारण निप्रोपेट्रोभस्क क्षेत्रमा दश लाख भन्दा बढी मानिसहरूलाई पानी र बिद्युत आपूर्ति विहिन भएका जनाइएको छ भने तापक्रम तुलनात्मक रुपमा निकै तल झरेको उल्लेख गरिएको छ।
अघिल्लो जाडोमा जस्तै, रूसले युक्रेनको ऊर्जा केन्द्रहरुमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ, जसले किएभ र यसका सहयोगीहरूले नागरिकहरुलाई समस्या पार्न जानाजानी आक्रमण गरेको बताएका छन्।
ठुलो मात्रामा भएको रुसी ड्रोन आक्रमणले जापोरिझिया क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द हुँदा हजारौंलाई बिजुलीबाट वञ्चित पारेको रूसका ग्रिड अपरेटर युक्रेनेर्गोले बताएका छन्।
“दस लाख भन्दा बढी ग्राहकहरूका लागि विद्युत र पानी आपूर्ति पुन : स्थापना गर्न दनिप्रोपेट्रोभस्क क्षेत्रमा मर्मत कार्य जारी रहेको पुन : स्थापना मन्त्री ओलेक्सी कुलेबाले सामाजिक सञ्जाल मार्फत जनाए।
युक्रेनी वायु सेनाले रूसले ९७ वटा ड्रोन र ७० वटा हवाई रक्षा प्रणालीद्वारा विभिन्न २७ वटा स्थानमा आक्रमण गरेको बताएको छ।
आक्रमणमा ड्निप्रोपेट्रोभस्कको महत्वपूर्ण ऊर्जा पूर्वाधार क्षतिग्रस्त भएको सैन्य प्रमुख भ्लादिस्लाव गाइभानेन्कोले बताए।
“अवस्था कठिन भएको बताउँदै सुरक्षा व्यवस्स्थाले अनुमति दिए लगत्तै, ऊर्जा कामदारहरूले पुन : स्थापना कार्य सुरु गर्ने उनले टेलिग्राम मार्फत बताए।
जापोरिझियामा, बिजुली आपूर्ति “प्रमुख सुविधाहरू“ मा पुनस्र्थापित गरिएको भएता पनि अधिकांश उपभोक्ताहरू अझै पनि बिजुली विहीन भएको गभर्नर, इभान फेडोरोभले बताए।
किएभले आफ्नो ऊर्जा ग्रिडको लामो समय देखि चलिरहेको लक्ष्यलाई रूसी तेल डिपो लगायतमा आक्रमण गरी प्रतिक्रिया दिएको छ भने मस्कोको महत्त्वपूर्ण ऊर्जा निर्यात कटौती गर्न र ईन्धनको अभाव निम्त्याउन खोजिरहेको छ।