काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशका सबै १६५ निर्वाचन क्षेत्रमा अपराह्न २:०० बजेसम्म ८६१ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्।
निर्वाचन आयोगका अनुसार उत्साहपूर्वक ती निर्वाचन क्षेत्रमा मनोनयन भइरहेको छ। आजै अपराह्न ५ देखि ७:०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने छ।
भोलि बिहान १०:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी गर्ने र माघ ८ गते साँझ ७:०० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ। माघ ९ गते बिहान १० देखि अपराह्न १:०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्।