सुचना, समाचार र मनोरन्जन

रामेछापमा बस दुर्घटना, चार जनाको मृत्यु

 

रामेछाप : रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सो दुर्घटनामा बसका चालक सहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए।

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो।

रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ। उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Leave A Reply

Your email address will not be published.